
गतिशील सहकारीका अध्यक्ष डा. बलराम पाठक पक्राउ
काठमाडौं – गतिशील सहकारीका अध्यक्ष डा. बलराम पाठक पक्राउ परेका छन् ।
पाठकलाई इमाडोलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
यो सहकारीले बचतकर्ताको रकम अपचलन गरेको आरोप छ ।
राष्ट्रिय वाणिज्य बैंकका पूर्व अध्यक्ष समेत रहेका पाठक राष्ट्रिय बीमा कम्पनीको सञ्चालक समितिमा समेत रहेका थिए ।
यो विषयमा परिसर ललितपुरले अनुसन्धान अघि बढाएको छ ।



कागजपत्र |
