
इराकबाहेक सबै देशमा श्रम स्वीकृति खुला
काठमाडौं- सरकारले इराकबाहेक अन्य देशका लागि श्रम स्वीकृति खुला गर्ने निर्णय गरेको छ। वैदेशिक रोजगार विभागका अनुसार अब साउदी अरेबिया, युएई, कतार, कुवेत, बहराइन, ओमान, यमन, जोर्डन, लेबनन, टर्की र इजरायललगायत देशहरूमा श्रम स्वीकृति पुनः सञ्चालनमा आएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा आज बसेको मन्त्रिस्तरीय बैठकले गत फागुन १७ गतेदेखि अस्थायी रूपमा रोकिएको श्रम स्वीकृति प्रणाली पुनः खुला गर्ने निर्णय गरेको हो।
विभागका अनुसार इराकबाहेक अन्य सबै देशका लागि व्यक्तिगत, संस्थागत तथा वैधानिकीकरणसम्बन्धी सबै प्रकारका श्रम स्वीकृति पूर्ववत अवस्थामा सञ्चालन हुनेछन्।
सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीमा जान चाहने हजारौं नेपालीलाई पुनः अवसर खुलेको छ।



कागजपत्र |
