
प्राविधिक रूपमा हारे पनि राजनीतिक रूपमा जित्यौँ: राजेन्द्र लिङ्देन
काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले पछिल्लो प्रतिनिधिसभा निर्वाचनमा पार्टीले प्राविधिक रूपमा हार बेहोरे पनि राजनीतिक रूपमा भने विजय हासिल गरेको दाबी गरेका छन्।
सोमबार सांसदहरूसँगको बधाई तथा शुभकामना आदान–प्रदान कार्यक्रममा बोल्दै उनले एक मात्र चुनावले पार्टीको भविष्य निर्धारण गर्न नसक्ने बताए।
लिङ्देनले भने, “एउटा चुनावले पार्टीको भविष्य निर्धारण गर्न सक्दैन। हार–जितकै आधारमा कुनै पनि पार्टी रहने वा नरहने भन्ने निष्कर्ष निकाल्न मिल्दैन।”
उनले राप्रपाले यसपटकको निर्वाचनमा अपेक्षित नतिजा नआए पनि राजनीतिक प्रभाव र जनसमर्थनका हिसाबले आफूहरू सफल भएको दाबी गरे।



कागजपत्र |
