यूएई जाने यात्रुको पासपोर्टमा टिप्पणी लेख्ने कर्मचारीमाथि कारबाही


काठमाडौं-  अध्यागमन विभागले नेपाली नागरिकलाई शर्त तोकेर विदेश प्रस्थान अनुमति दिएको आरोपमा दुई जना कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई) जान लागेका नेपाली नागरिकको राहदानीमा केरमेट गरी अतिरिक्त टिप्पणी लेख्ने दुई अध्यागमन अधिकृतलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट हटाइएको विभागका प्रवक्ता टीकाराम ढकालले जानकारी दिए।

विभागका अनुसार उनीहरूमाथि आवश्यक छानबिन प्रक्रिया अघि बढाइएको छ। हाल उक्त विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।

यूएई जान लागेका नेपालीको राहदानीमा प्रस्थान छापसँगै “Employment is strictly prohibited” तथा “Not allowed to work UAE” जस्ता हस्तलिखित टिप्पणी लेखिन थालेपछि यात्रुहरूले गुनासो र विरोध गरेका थिए।

 

null

प्रतिक्रिया