
कम्पनी रजिस्ट्रार कार्यालय र मालपोतबाट १८ बिचौलिया पक्राउ
काठमाडाैं – नेपाल प्रहरीले कम्पनी रजिस्ट्रार कार्यालय र मालपोतबाट १८ बिचौलियालाई पक्राउ गरेको छ।
मालपोत कार्यालय कलंकी र चाबहिल तथा कम्पनी रजिस्ट्रार कार्यालय त्रिपुरेश्वरबाट १८ बिचौलियालाई पक्राउ गरेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ।
सेवाग्राहीलाई काम छिटो र छरिताे गरिदिन्छु भनी प्रभोलनमा पारी दुःख हैरानी दिई अभद्र व्यवहार गरेको प्रहरी अभियोग छ।
जिल्ला प्रहरी परिसर काठमाडौं र मातहतले स्विप अपरेसन गरी नियन्त्रणमा लिएका बिचौलियामाथि थप अनुसन्धान गरिरहेको बताइएको छ।



कागजपत्र |
