लेखा समितिको सभापति कांग्रेसलाई दिने निर्णय


काठमाडौं- प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक लेखा समितिको सभापति नेपाली कांग्रेसलाई दिने निर्णय भएको छ।

सिंहदरबारमा बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो। आज नै संसदीय समितिका सभापतिहरूका लागि मनोनयन दर्ता हुने कार्यक्रम रहेको छ।

कांग्रेसले लेखा समितिको सभापतिमा मोहन आचार्यलाई उम्मेदवार बनाउने तयारी गरेको छ। सोहीबीच नेकपा (माओवादी केन्द्र) र एमालेले कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निर्णय भएको नेकपा प्रमुख सचेतक युवराज दुलालले जानकारी दिएका छन्।

प्रतिक्रिया