रास्वपाको मुख्य सचेतकमा कबिन्द्र बुर्लाकोटी, सचेतकमा क्रान्तिशिखा र प्रकाशचन्द्र


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलका लागि एक जना मुख्य सचेतक र दुई जना सचेतक चयन गरेको छ।

बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले कबिन्द्र बुर्लाकोटीलाई मुख्य सचेतकमा चयन गर्ने निर्णय गरेको हो।

त्यस्तै बैठकले प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई सचेतकमा चयन गरेको छ।

पार्टीले संसदीय गतिविधिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित उक्त निर्णय गरिएको जनाएको छ।

प्रतिक्रिया