
प्युठानमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
रूपन्देही – प्युठानको ऐरावती गाउँपालिका–२ देउरालीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ऐरावती गाउँपालिका–१ दाङवाङका ६५ वर्षीय सुकबहादुर नेपाली रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला बाहिर लैजाँदै गर्दा बाटोमै ज्यान गएको हो ।
बिजुवारबाट दाङवाङतर्फ जाँदै गरेको लु१ज १६६९ नम्बरको जीप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेको थियो ।
घाइतेको निमतारा पोलिक्लिनिक र जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।
जीपमा १३ जना सवार थिए । तीमध्ये आधा दर्जन घाइतेलाई थप उपचारका लागि जिल्ला बाहिर रिफर गरिएको प्रहरीले जनाएको छ ।



कागजपत्र |
