
ठमेलबाट पक्राउ परेका युगाण्डाका २० महिला डिपोर्ट
काठमाडौं- यौनजन्य गतिविधिमा संलग्न भएको आरोपमा पक्राउ परेका २० जना विदेशी महिलालाई अध्यागमन विभागले डिपोर्ट गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ठमेल क्षेत्रबाट २० जना युगाण्डाका महिलालाई पक्राउ गरेको थियो । चैत २१ गते पक्राउ परेका उनीहरूलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनही ७ हजार रुपैयाँ जरिवाना गरेको थियो ।
जरिवाना तिरेपछि थुनामुक्त भएका उनीहरूलाई अध्यागमन विभागले एक वर्षसम्म पुनः नेपाल प्रवेशमा रोक लगाउँदै स्वदेश फिर्ता गरेको हो । उनीहरूलाई चैत ३० गते डिपोर्ट गरिएको बताइएको छ ।



कागजपत्र |
