शिवपुरी जंगलको ढुंगामा अड्केका २ बालकलाई सेनाले गर्‍यो उद्धार


काठमाडौं-  शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जभित्र फसेका दुई बालकलाई नेपाली सेनाले सकुशल उद्धार गरेको छ ।

निकुञ्ज घुम्न गएका क्रममा चिप्लिएर करिब ३० मिटर तल खसेका ती बालक खोलाको ढुंगामा अड्किएर फसेका थिए ।

घटनापछि चन्दननाथ गणबाट खटिएको नेपाली सेनाको टोलीले उनीहरूको उद्धार गरेको हो ।

उद्धार गरिएका दुवै बालक खोटाङका भएको सेनाले जनाएको छ ।

प्रतिक्रिया