१० वर्ष कैद सजाय सुनाइएका फरार व्यक्ति काठमाडौँबाट पक्राउ


काठमाडौं- जबरजस्ती करणी मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ चनौटे घर भई हाल काठमाडौँको नागार्जुन नगरपालिका–२ पानधारामा बस्दै आएका ४२ वर्षीय ईन्द्रबहादुर नेपाली पक्राउ परेका हुन् ।

उनीविरुद्ध उच्च अदालत पाटनले २०८१ असार ३० गतेको फैसलामार्फत एक लाख रुपैयाँ जरिवाना र १० वर्ष कैद सजाय सुनाएको थियो । त्यसयता फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले आज पानधाराबाट पक्राउ गरेको हो ।

पक्राउ परेका नेपालीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत, ललितपुरमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया