कांग्रेस अनुशासन समितिको बैठक जारी


काठमाडौं- नेपाली कांग्रेसको अनुशासन समितिको बैठक अहिले बसिरहेको छ ।

निवर्तमान सभापति शेरबहादुर देउवा पक्षका नेता तथा पूर्व उपसभापति पूर्णबहादुर खड्काले पार्टीभित्र समानान्तर गतिविधि सञ्चालन गरेको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

बैठकमा खड्कालाई अनुशासन उल्लङ्घनको आरोपमा स्पष्टीकरण सोध्ने तयारी भइरहेको बुझिएको छ । पार्टीको आधिकारिक निर्णय विपरीत अनधिकृत रूपमा विज्ञप्ति जारी गरेको भन्दै अनुशासन समितिले यसअघि नै उनलाई सचेत गराइसकेको थियो ।

गत सोमबार खड्काले कार्यवाहक सभापतिको हैसियतमा विज्ञप्ति जारी गर्दै पार्टीले गरेको क्रियाशील सदस्यता खारेजीको निर्णयप्रति आपत्ति जनाएका थिए । सोही विज्ञप्तिपछि पार्टीले अनुशासन समितिको आकस्मिक बैठक बोलाएको हो ।

प्रतिक्रिया