सभामुख अर्यालसँग उपसभामुख ठाकुरको पहिलो शिष्टाचार भेट


काठमाडौं – सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग नवनिर्वाचित उपसभामुख रूबीकुमारी ठाकुरले पदभार ग्रहणपश्चात् पहिलो शिष्टाचार भेट गरेकी छन् ।

सोमबार सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेटघाट भएको हो ।

भेटमा अर्यालले बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै आगामी कार्यसम्बन्धी विषयमा संक्षिप्त छलफल गरेको अर्यालको सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया