
श्रम मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शाहले आफैँ सम्हाल्ने
काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपक शाहलाई पदमुक्त गर्दै उक्त मन्त्रालयको जिम्मेवारी आफैंले सम्हाल्ने भएका छन् । राष्ट्रपति कार्यालयले बिहीबार दिउँसो जारी गरेको विज्ञप्तिमार्फत प्रधानमन्त्री शाहले श्रम मन्त्रालयको कार्यभार आफैंसँग राखेको जानकारी दिइएको हो ।
विज्ञप्तिअनुसार मन्त्रिपरिषद्का अन्य सदस्यहरूको जिम्मेवारी भने यथावत् राखिएको छ । गत १३ गते गठन भएको मन्त्रिपरिषद् श्रम मन्त्री शाह पदमुक्त भएपछि अब १४ सदस्यीय बनेको छ ।
राष्ट्रपति कार्यालयले मन्त्रिपरिषद्का सदस्यहरूको कार्यविभाजन हेरफेरसम्बन्धी विवरण सार्वजनिक गर्दै उक्त परिवर्तनको जानकारी गराएको हो ।




कागजपत्र |
