पूर्वपत्नीको उजुरीपछि कारबाही, सञ्चारकर्मी जीपी तिमल्सिना पक्राउ


काठमाडौं- सञ्चारकर्मी जीपी तिमल्सिनालाई प्रहरीले पक्राउ गरेको छ। उनलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी परिसर भक्तपुरमा राखिएको छ।

तिमल्सिना विरुद्ध पूर्वपत्नी तथा पूर्व मिस नेपाल उषा खड्गीले प्रहरीमा उजुरी दिएकी थिइन्। उजुरीमा उनले अभद्र व्यवहार, धाकधम्की र कुटपिटको प्रयास गरेको आरोप लगाएकी छन्।

उजुरीपछि प्रहरीले सोमबार दुवै पक्षलाई बोलाएर छलफल गराएको थियो। तर छलफलबाट विवाद समाधान हुन नसकेपछि कानुनी प्रक्रिया अघि बढाउँदै तिमल्सिनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका एक अधिकृतले जानकारी दिएका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया