हर्क साम्पाङको फोन मन्त्रीले नउठाएपछि…


काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सांसद हर्क साम्पाङले मन्त्रीहरुले फोन नउठाएको भन्दै आक्रोश पोख्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका छन् ।

आफ्ना प्रायः अभिव्यक्तिहरु फेसबुक स्टाटसमार्फत् सार्वजनिक गर्दै आएका सांसद साम्पाङले पहिलेका पुराना दलका मन्त्रीहरुले जस्तै अहिलेका मन्त्रीहरुले पनि फोन नउठाउने बताएका छन् । साथै उनले पहिलेकाले विदेशी ऋण लिएर मोज गर्ने गरेको र अहिलेकाले पनि विदेशी ऋण लिने गरेको समेत बताएका छन् ।

उनले यसअघि प्रतिनिधिसभा संसदपछि प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह र गृहमन्त्री सुधन गुरुङसँग फोन नम्बर आदानप्रदान गरेको तस्बिर सार्वजनिक भएको थियो ।

उनले लेखेका छन्, पहिलेका पुराना दलका मन्त्रीहरुले फोन उठाउँदैनथे ! अहिलेकाले नि उठाउँदैनन् ! पहिलेका विदेशी ऋण लिएर मोज गर्थे ! अहिलेकाले नि विदेशी ऋण लिन्छन् ! खोइ त gen z को वलिदानले बनाएको सरकार ???

 

प्रतिक्रिया