राष्ट्रिय व्यवसायिक नेतृत्वतर्फ बलराम सापकोटाको छलाङ, होटल मेची क्राउन फेरि चर्चामा


काठमाडौं –  पूर्वी नेपालको लक्जरी आतिथ्य क्षेत्रको परिचित झापामा सञ्चालित होटल मेची क्राउन (HMC) फेरि चर्चाको केन्द्रमा आएको छ। यसपटक कारण होटलको व्यवसायिक विस्तार मात्र होइन, यसका संस्थापकमध्ये एक तथा चर्चित व्यवसायी बलराम सापकोटाको राष्ट्रिय व्यावसायिक नेतृत्वतर्फको बढ्दो सक्रियता हो।

झापाको मेचीनगर–धुलाबारीमा अवस्थित HMCलाई पूर्वी नेपालकै प्रमुख लक्जरी होटलमध्ये एक मानिन्छ। उपलब्ध विवरणअनुसार यो प्रदेशको पहिलो पाँचतारे डिलक्स होटलका रूपमा परिचित छ, जहाँ २०५ भन्दा बढी कोठा, स्विमिङ पुल, क्यासिनो, हेलिप्याड, कन्फरेन्स सुविधा र अन्तर्राष्ट्रिय स्तरको आतिथ्य सेवा उपलब्ध छ।

पूर्वी नेपालमा विश्वस्तरीय सुविधासम्पन्न होटलको आवश्यकता महसुस गर्दै संस्थापक सञ्चालक बलराम सापकोटाले देखेको सपनालाई सार्थक तुल्याउँदै होटल सञ्चालनमा ल्याएका हुन् । यही सपनाबाट सुरु भएको HMCआज झापाको मात्र नभई पूर्वी नेपालकै व्यवसायिक पहिचानकै प्रतीक र छिमेकी मुलुकका पर्यटकहरुको रोजाईको केन्द्र बनेको छ ।

व्यवसायिक जीवनमा सक्रिय रहेका सापकोटाले पछिल्लो समय नेपालको होटल, पर्यटन र सेवा राष्ट्रिय स्तरको उद्योग–व्यापारिक नेतृत्वका लागि आफ्नो प्रभाव विस्तारलाई प्राथमिकतामा राखेका छन् । यही मेसोमा यही चैत २९ र ३० गते हुने नेपाल उद्योग वाणिज्य महासंघको ६० औं महाधिवेशनमा हुने नयाँ नेतृत्वको निर्वाचनमा ज्योत्सना श्रेष्ठको प्यानलबाट एशोसिएसट सदस्यमा उम्मेदवारी घोषणा समेत गरेका छन् सापाकोटाले ।

एचएमसीलाई धेरैले केवल होटल नभई पूर्वी नेपालको आर्थिक र पर्यटन हबको प्रतीक का रूपमा पनि हेर्ने गरेका छन्। भारतको सिलिगुडी र भद्रपुर विमानस्थलको बीचमा रणनीतिक रूपमा रहेको यस होटलले सीमावर्ती व्यापार, पर्यटन र उच्चस्तरीय सम्मेलन बजारमा समेत प्रभाव जमाएको छ। यस होटल चर्चामा आउनुले झापाको निजी क्षेत्रको नेतृत्व अब राष्ट्रियस्तरमा थप मुखर हुँदै गएको सन्देश दिएको छ।

स्थापनाको छोटो समयमा नै होटललाई पूर्वी नेपालको मात्र नभई नेपालकै उत्कृष्ट होटलहरुको सूचीमा अग्रणी स्थानमा पुर्याउन सफल सापकोटाले महासंघको केन्द्रीय तहमा पुगेर पर्यटन क्षेत्रलाई थप मजबुद बनाउने प्रमुख लक्ष्य रहेको बताएका छन् ।

प्रतिक्रिया