डिजेल–पेट्रोल गाडीलाई इभी बनाउने बाटो खुल्यो


काठमाडौं- सरकारले पेट्रोलियम पदार्थको बढ्दो आयात घटाउने र वातावरण प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले पुराना डिजेल तथा पेट्रोल सवारीलाई विद्युतीय सवारी(इभी)मा रूपान्तरण गर्न पाउने नीतिगत निर्णय गरेको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो रूपान्तरणका लागि आवश्यक कानुनी अवरोध हटाउने तथा आवश्यक प्रबन्ध मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार हाल इन्धनबाट चल्ने पुराना सवारीलाई विद्युतीयमा रूपान्तरण गर्दा दर्ता, नवीकरण र प्राविधिक मापदण्ड स्पष्ट नहुँदा सवारीधनीले विभिन्न समस्या भोग्दै आएका थिए। अब उक्त समस्याको समाधान गर्ने गरी कानुनी व्यवस्था मिलाइनेछ।

उनले यो निर्णयले वातावरण संरक्षणमा टेवा पुग्ने, इन्धनमा विदेशी निर्भरता घटाउने र देशभित्र उत्पादन हुने विद्युत् ऊर्जाको खपत बढाउने विश्वास व्यक्त गरे।

 

प्रतिक्रिया