राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन चैत २३ मा


काठमाडौं – राष्ट्रिय सभा उपाध्यक्ष पदको निर्वाचन चैत २३ गते हुने भएको छ।

बिहीबार बसेको राष्ट्रिय सभाको बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्ष निर्वाचनको मिति तय भएको जानकारी गराएका हुन्।

उनले निर्धारित मितिअनुसार निर्वाचनसम्बन्धी सूचना प्रकाशन गर्न संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयलाई निर्देशन दिएका छन्।

यसअघि राष्ट्रिय सभाको अर्को बैठक चैत २२ गते बस्ने तय गरिएको छ।

प्रतिक्रिया