संसदमा बादलको अभिव्यक्तिपछि एमालेले बोलायो आकस्मिक सचिवालय बैठक


काठमाडौं – नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

प्रतिनिधि सभाको आज बिहीबारको बैठकमा कार्यवाहक अध्यक्ष तथा संसदीय दलका नेता रामबहादुर थापा (बादल) को अभिव्यक्तिपछि एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको हो ।

उपाध्यक्ष थापाको अभिव्यक्तिप्रति अर्का उपाध्यक्ष विष्णु पौडेलले आपत्ति जनाउँदै पौडेलले सचिवालय बैठकमा छलफल हुने बताएका छन् ।

सचिवालय बैठक शुक्रबार दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने गरी बोलाइएको उपाध्यक्ष गोकर्ण विष्टले जानकारी दिए ।

एमाले नेताहरूका अनुसार बादलले दिएको अभिव्यक्तिबारे पार्टीमा कुनै छलफल नै भएको थिएन ।

 

प्रतिक्रिया