पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुग्यो, डिजेल र मट्टितेलको पनि १५ रुपैयाँ बढ्यो


काठमाडौं – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्यवृद्धि गरेको छ ।

चैत २० गते (अहिले मध्यरात) बिहानैदेखि लागु हुनेगरी आयल निगमले मूल्यवृद्धि गरेको जनाएको छ ।

यससँगै पहिलोपटक पेट्रोलको मूल्य प्रतिलिटर २ सय रुपैयाँ नाघेको छ । यसअघि १८७ मा रहेको पेट्रोलको मूल्य २०२ पुगेको छ ।

त्यस्तै डिजेल र मट्टितेल १७२ रुपैयाँ पुगेको छ ।

 

प्रतिक्रिया