स्ट्रेट अफ हर्मुज खोल्न उपाय अपनाइने : अमेरिकी विदेशमन्त्री रुबियो:


वासिङटन डीसी-  अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अमेरिकी–इजरायली युद्ध समाप्त भएपछि स्ट्रेट अफ हर्मुज जुनसुकै तरिकाले भए पनि खुलाइने दाबी गरेका छन्। अल जजिरासँगको अन्तर्वार्तामा उनले इरानसँग कूटनीतिक पहल जारी रहेको पनि बताएका हुन्।

सोमबार प्रसारित विशेष अन्तर्वार्तामा रुबियोले अमेरिका र इरानबीच मध्यस्थकर्तामार्फत सन्देश आदानप्रदान भइरहेको र केही प्रत्यक्ष संवादसमेत भएको जानकारी दिए। ‘मध्यस्थकर्तामार्फत इरानका केही व्यक्तिहरू र अमेरिकासम्बद्ध पक्षबीच संवाद भइरहेको छ,’ उनले भने।

स्ट्रेट अफ हर्मुजको अवरोधका कारण विश्व तेल बजारमा असर परिरहेको उल्लेख गर्दै उनले कूटनीति प्राथमिकता भए पनि आवश्यक परे परिणाममुखी कदम चालिने संकेत गरे। इरानको आणविक कार्यक्रम नियन्त्रणका विषयमा पहिले पनि अप्रत्यक्ष वार्ता भए पनि हालका द्वन्द्वले कूटनीतिक प्रयासमा असर पारेको बताइएको छ।

रुबियोले इरानभित्रको राजनीतिक संरचना र नेतृत्वबारे अमेरिकाले स्पष्ट बुझाइ खोजिरहेको उल्लेख गर्दै त्यहाँको शासकीय निर्णय प्रक्रियामा चुनौती रहेको पनि बताएका छन्।

प्रतिक्रिया