
विद्यालयको होस्टेलमै सुत्केरी भएपछि…
पाल्पा – विद्यालयको होस्टेल (छात्राबास) मा बसेर पढ्दै आएकी एक छात्राले होस्टेलमै बच्चा जन्माएकी छन् ।
पाल्पाको तिनाउ गाउँपालिका वडा–३ स्थित तिलोत्तमा माध्यामिक विद्यालयमा ११ कक्षामा पढ्ने छात्राले होस्टेलमै बच्चा जन्माएको जनाइएको छ ।
बिहीबार ती छात्राले छोरीलाई जन्म दिएको जनाइएको छ । होस्टलमा बसेर पढ्ने छात्राले बच्चा जन्माएपछि विद्यालयले छात्रा र नाबालिकालाई परिवारको जिम्मा लगाएको छ ।
केही महिना अघि राष्ट्रपति रनिङ शिल्डमा भलिबल खेल खेलेकी उनी गर्भवती छन् भन्ने कुरा विद्यालयका शिक्षक शिक्षिकाहरुले पनि चाल पाउन नसकेको जनाइएको छ ।
उनको शरीर पहिले देखि नै मोटो भएका कारण शिक्षक र सँगै पढ्ने साथीहरुले पनि जानकारी नपाएको जनाइएको छ ।



कागजपत्र |
