पूर्वमन्त्री दीपक खड्कालाई सम्पत्ति शुद्धीकरण विभाग पठाइयो


काठमाडौं-  पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता दीपक खड्कालाई प्रहरीले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाएको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी डा. मनोज केसीका अनुसार खड्कामाथिको थप अनुसन्धान र अभियोजनको जिम्मा अब विभागले लिएको छ। साथै, म्याद थप लगायतका कानुनी प्रक्रिया पनि विभागले नै अघि बढाउनेछ।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्कालाई नेपाल प्रहरीले आइतबार बिहान पक्राउ गरेको थियो।

गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा खड्काको घरमा तोडफोड र आगजनी भएको थियो। त्यसपछि सामाजिक सञ्जालमा उनको घरभित्र नेपाली तथा विदेशी नोट जलेको दृश्यहरू सार्वजनिक भएका थिए।

उक्त घटनासँग सम्बन्धित रकमको स्रोतबारे सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान गरिरहेको छ। यसअघि विभागले खड्काको घरबाट जलेका नोटका टुक्रा तथा वरपरको खरानीसमेत संकलन गरेको थियो।

प्रतिक्रिया