
पूर्वगृहमन्त्री लेखकलाई सरकारी वकिलको कार्यालय ल्याइयो
काठमाडौं – ‘जेन-जी’ आन्दोलन दमन सम्बन्धी कसूरमा पक्राउ परेका पूर्वगृहमन्त्री रमेश लेखकलाई आज म्याद थपका लागि अदालत उपस्थित गराइँदै छ।
उनलाई म्याद थपको लागि सरकारी वकिल कार्यालय ल्याइएको हो ।
शनिबार बिहान भक्तपुरस्थित निजी निवासबाटै पक्राउ परेका उनलाई शनिबार बिदा परेकाले आज मात्रै कानूनी प्रक्रियाका लागि लगिएको प्रहरीले जनाएको छ।
पक्राउ परेपछि नेता लेखकलाई महाराजगन्जस्थित २ नम्बर गणमा हिरासतमा राखिएको थियो ।



कागजपत्र |
