
४६सय रूपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । सुन तोलामा ४ हजार ६०० ले घटेको छ भने चाँदी पनि १५० ले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला २ लाख ८१ हजार र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ६७० कायम भएको छ ।
हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ८२० कायम भएको थियो ।
गत बुधबार छापावाल सुनको मोल प्रतितोला २ लाख ८८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य ४ हजार ९२० कायम भएको थियो।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ४ हजार ४३४ र त्यति नै परिमाणको चाँदी ६९ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।



कागजपत्र |
