यी हुन् बालेन क्याबिनेटका १५ मन्त्रीहरू


काठमाडौं – बालेन शाह प्रधानमन्त्रीमा नियुक्त भएसँगै १५ मन्त्रीहरुको टुंगो लागेको छ ।

स्रोतका अनुसार अर्थमन्त्रीमा डा. स्वर्णिम वाग्ले, गृहमा सुदन गुरुङको टुंगो लागेको छ भने परराष्ट्रमन्त्री शिशिर खनालको टुंगो लागेको छ ।

त्यस्तै ऊर्जामन्त्रीमा विराजभक्त श्रेष्ठ र सामान्य प्रशासनमा प्रतिभा रावल निश्चित भएका हुन् ।

त्यस्तै पर्यटनमा गणेश पौडेल, भौतिक पूर्वाधारमा सुनिल लम्साल, उद्योग वाणिज्य तथा आपूर्तिमा डा. अमरेश कुमार सिंहलगायतको नाम टुंगिएको जनाइएको छ ।

त्यस्तै कानुन मन्त्रीमा सोबिता गौतमको पनि टुंगो लागेको जनाइएको छ । त्यस्तै गीता चौधरी कृषि, डा. विक्रम तिमल्सिना संचार, सस्मित पोखरेल शिक्षा, दीपक साह श्रम, सीता वादी महिला बालबालिका र निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बताउने सहमति भएको छ।

प्रतिक्रिया