ठमेल क्षेत्रमा अनैतिक क्रियाकलापमा संलग्न २० जना विदेशी महिला पक्राउ


काठमाडौं- काठमाडौंको ठमेल क्षेत्रमा केही व्यक्तिहरूले सार्वजनिक सडकमा अवैध पैसामा बार्गेनिङ गरी यौन धन्दा व्यवसाय सञ्चालन गरी पर्यटक र सर्वसाधारणलाई असुविधा पुर्‍याएको सूचना पाएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले निगरानी सुरु गरेको थियो।

ठमेलस्थित विभिन्न स्थानमा गरिएको निगरानी तथा चेकजाँचका क्रममा काठमाडौं महानगरपालिका २६, फायरचोक क्षेत्रबाट युगान्डाका २० जना महिला पक्राउ परेका छन्। पक्राउ परेका महिलाहरूले विदेशी तथा स्वदेशी पर्यटकहरूलाई अनावश्यक रूपमा बाटो छेकी अश्लील क्रियाकलाप गर्दै पैसामा बार्गेनिङ गर्ने गरेको भेटिएको थियो।

प्रहरीले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट १२ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान जारी राखिरहेको छ। प्रहरी प्रवक्ता पवन कुमार भट्टराईका अनुसार, पक्राउ परेका महिलाहरूलाई अब कानूनी प्रक्रिया पूरा गरी कारबाही गरिनेछ।

पक्राउ परेका महिलाहरू:

  • NAFUNA BRENDA, ३४ वर्ष
  • NANDUT HAJARAH, ३६ वर्ष
  • KIRABO PROSSU, ३० वर्ष
  • TUSHEMERIRWE SILIVIA, ४० वर्ष
  • MARGRET KALULE NABUNNYA, ३० वर्ष
  • NAKALEMBE HASIFA, ३६ वर्ष
  • TUMUSUME GRACE, ३० वर्ष
  • HAGAWA HADIJAH, ३६ वर्ष
  • NAKIMSRA SHADIA, २५ वर्ष
  • MBABZI DAPHYNE, २८ वर्ष
  • AMPEIRE SHIFRAH, २५ वर्ष
  • NANDUDU BEHY, ४५ वर्ष
  • NAMBOZU FRANSCICA, ३८ वर्ष
  • KAHAMA HAJARAH BAKMULISA, ३४ वर्ष
  • NIMUSIIMA MACKLEAN, २४ वर्ष
  • NAKATO BENANKANJKO, ३६ वर्ष
  • NANYANZI, ४० वर्ष
  • NATTU KASITA, ४२ वर्ष
  • NHUMANSI RBINANH, २३ वर्ष
  • NALWADDA SPECIOZA, ४४ वर्ष

प्रतिक्रिया