भारतकाे हैदराबाद सुनचाँदी चोरीमा नेपाली संलग, तीनजना पक्राउ


काठमाडौं- भारतकाे हैदराबादमा भएको सुनचाँदी चोरी प्रकरणमा नेपाली नागरिकहरूको संलग्नता देखिएको छ। घटनामा तीन जना पक्राउ परेका छन् भने अन्य तीन जना अझै फरार रहेका छन्।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका–१२ की रुपा कुमारी सिंहलाई नियन्त्रणमा लिइएको छ। उनलाई भारतमा भएको चोरी घटनासँग जोडेर अनुसन्धान भइरहेको जनाइएको छ।

त्यस्तै, ढकारी गाउँपालिका–८ का पदम जैशीलाई अछाम प्रहरीले पक्राउ गरेको छ। दुवै जनामाथि चोरीमा संलग्न रहेको आरोप लगाइएको छ।

प्रहरीले रुपा कुमारी सिंहबाट करिब ६२.५५ ग्राम सुनका गरगहना र ५१७.५४ ग्राम चाँदीका सामान बरामद गरेको छ। साथै, हरियो पत्थर, मोतिको माला लगायतका अन्य सामग्री पनि फेला परेका छन्।

यसैबीच, दिल्ली मा लुकाइराखिएको सुनचाँदीसहित कैलालीका कमल साउँदलाई भारतीय प्रहरीले पक्राउ गरेको छ। उनको कोठाबाट समेत विभिन्न गरगहना बरामद गरिएको जनाइएको छ।

प्रकरणमा संलग्न अन्य तीन जना—प्रकाश जैशी, श्याम जैशी र टेक शाही—अहिले फरार रहेका छन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया