रवि लामिछानेविरुद्धको रिटमा सर्वोच्चमा आज पनि सुनुवाइ


काठमाडौं-  रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोगपत्र संशोधन गर्ने निर्णयविरुद्ध परेको रिटमा आज पनि सुनुवाइ जारी रहने भएको छ।

सर्वोच्च अदालत मा हिजो न्यायाधीशद्वय विनोद शर्मा र अब्दुल अजीज मुसलमान को संयुक्त इजलासमा सुनुवाइ भए पनि नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दै’मा राखिएको थियो।

महान्यायाधिवक्ता कार्यालय की महान्यायाधिवक्ता सविता भण्डारी ले गत पुस ३० गते लामिछानेविरुद्ध कास्की, काठमाडौं, रुपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दाहरूमा संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी दाबी हटाउने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय लिएकी थिइन्।

उक्त निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, कानूनका विद्यार्थी आयुष बडाल र अदालती अभियन्ता युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन्।

यसअघि न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनीलकुमार पोखरेल को संयुक्त इजलासले महान्यायाधिवक्ताको निर्णयसँग सम्बन्धित कागजात झिकाउन आदेश दिएको थियो।

प्रतिक्रिया