
अधिकांश प्रदेशमा मेघगर्जनसहित वर्षा, प्रणाली पूर्वतर्फ सर्दै
काठमाडौं – पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएपछि देशभर मौसम प्रभावित भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बितेका २४ घण्टामा अधिकांश स्थानमा मेघगर्जन, चट्याङ, असिना र हुरीबताससहित वर्षा भएको छ।
शनिबार दिउँसो १:४० बजे जारी गरिएको सूचनामा लुम्बिनी, गण्डकी, बागमती, मधेस र कोसी प्रदेशका विभिन्न क्षेत्रमा अहिले पनि वर्षा भइरहेको उल्लेख गरिएको छ।
महाशाखाका अनुसार यो प्रणाली क्रमशः पूर्वतर्फ सर्दै गएको छ र आज बेलुकादेखि यसको प्रभाव विस्तारै कमजोर हुँदै जाने सम्भावना रहेको छ।



कागजपत्र |
