
काठमाडौंमा हुरीबताससहित वर्षा जारी, सुरक्षित स्थानमा बस्न सुझाव
काठमाडौं – काठमाडौंमा केही समयदेखि हुरीबताससहित वर्षा जारी रहेको छ। जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिभूति पोखरेलका अनुसार हुरीबतास अझै तीव्र हुने सम्भावना रहेको छ।
विभागले यस्तो मौसमका कारण सडक किनारका रुख ढल्ने, बिजुली तथा टेलिफोनका पोल लड्ने, तार चुँडिने तथा जस्तापाताका छाना उड्ने जोखिम रहेको जनाएको छ।
यस परिस्थितिमा अनावश्यक यात्रा नगर्न र हुरीबतास नरोकिँदासम्म सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई आग्रह गरिएको छ। विशेषगरी विद्यालय बस छुट्ने समय भएकाले विद्यार्थीको सुरक्षामा ध्यान दिन अभिभावक तथा सम्बन्धित निकायलाई सचेत गराइएको छ।



कागजपत्र |
