ह्वात्तै घट्यो सुनको मूल्य, प्रतितोला ८ हजारले घट्दा कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – पछिल्लो दिनहरुमा सुनको भाउ निरन्तर घटेको छ । आज शुक्रबार पनि सुनचाँदीको भाउ ह्वात्तै घटेको हो।

आज दिन सुनको भाउ तोलामा ७ हजार ८०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार हिजो बिहीबार एक तोला सुनको मूल्य ३ लाख २ हजार ३०० रुपैयाँ थियो । आज शुक्रबार २ लाख ९४ हजार ५०० रुपैयाँमा झरेको हो ।

तोलाको ११५ रुपैयाँले घटेर चाँदीको मूल्य ४ हजार ८९५ रुपैयाँ कायम भएको छ महासंघले जनाएको छ ।

प्रतिक्रिया