
नवनिर्वाचित सांसदहरूको शपथ १२ गते
बालेन्द्र (बालेन) शाह १३ गते प्रधानमन्त्री बन्ने !
काठमाडौं- संसद् सचिवालयले नवनिर्वाचित प्रतिनिधि सभाका सांसदहरूलाई आगामी चैत १२ गते दिउँसो २ बजे शपथ खुवाउने तयारी गरेको छ।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले चैत १२ गते दिउँसो २ बजे सपथ ग्रहणका लागि नवनिर्वाचित सांसदहरूलाई बोलाइएको पुष्टि गरेका छन्।
यस पट निर्वाचित सबैभन्दा ज्येष्ठ सदस्यलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ खुवाएपछि उनले अन्य सांसदहरूलाई सपथ ग्रहण गराउनेछन्।
चैत १२ गते दिउँसो २ बजे शपथ ग्रहणका लागि सबै सदस्यहरूलाई संसद् सचिवालयले बोलाउने तयारी गरेको छ ।
संसद् सचिवालयका कर्मचारीहरूले पनि चेत १२ गतेलाई शपथ खुवाउन तयारी गरिरहेको बताउँछन् ।
सिंहदरबार परिसरस्थित नयाँ संसद् भवनको हलमा शपथ ग्रहण गराउने तयारी गरिएको छ । गिरीले बन्दै गरेको नयाँ संसद् भवनमा शपथ कार्यक्रम राखिएको बताए ।
त्यसैबीच सांसदहरूको सपथ १२ गते भएसँगै त्यसको भोलीपल्ट बालेन्द्र (बालेन) शाहले प्रधानमन्त्रीका रूपमा सपथ लिने रास्वपाको बैठकले निर्णय गरेको स्रोतले जनाएको छ ।



कागजपत्र |
