
सुनको मूल्य ३७०० ले घट्दा कतिमा हुँदैछ कारोबार ?
काठमाडाैं – सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला ३ हजार ७०० रुपैयाँले र चाँदी तोलामा ६५ रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ६५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।



कागजपत्र |
