
कैलाली–५ मा रास्वपाका चन्द विजयी, प्रेम आले तेस्रो
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नम्बर–५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उमेदवार आनन्दबहादुर चन्द फराकिलो मतान्तरसहित विजयी भएका छन् । शनिबार (फागुन २३) दिउँसो सार्वजनिक अन्तिम मत परिणामानुसार उनले नेपाली कांग्रेसका उमेदवार नरनारायण शाहलाई २० हजार मतान्तरले पछि पारे ।
सांसद निर्वाचित चन्दले ३१ हजार ९५३ मत प्राप्त गरे । शाहले ११ हजार ९५८ मत पाए । पराजित शाह कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका महामन्त्री समेत हुन् ।
कैलाली–५ मा तेस्रो स्थानमा रहेका नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उमेदवार प्रेमबहादुर आलेले सात हजार ८७६ मत ल्याए ।
नेकपा (एमाले)का उमेदवार यज्ञराज ढुंगाना (उपाध्याय) पाँच हजार ८३९ मतसहित चौथो स्थानमा रहे ।



कागजपत्र |
