पूर्व डिएसपी पन्थी गुल्मी २ बाट विजयी


काठमाडौं — नेपाल प्रहरीका अवकाशप्राप्त डिएसपी गोविन्द पन्थी गुल्मी–२ बाट विजयी भएका छन् ।

उनले १६ हजार ९६७ मत ल्याएका छन् भने निकटतम प्रतिस्पर्धी गोकर्ण विष्टले १६ हजार ४०६ मत प्राप्त गरेका छन् । पन्थी राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका थिए ।

उक्त क्षेत्रमा नेपाली कांग्रेसका भुवन प्रसाद श्रेष्ठले १४ हजार ४३४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया