सुनसरी–१ मा प्रारम्भिक मतपरिणाम सार्वजनिक, हर्क दोस्रो स्थानमा


सुनसरी- सुनसरी निर्वाचन क्षेत्र नम्बर १ को प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ। निर्वाचन कार्यालयका अनुसार पहिलो मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार गोमा तामाङ अग्रस्थानमा रहेकी छन्।

प्रारम्भिक परिणामअनुसार तामाङले १४२ मत प्राप्त गरेकी छन्। उनलाई श्रम संस्कृति पार्टीका उम्मेदवार हर्कराज राईले ४९ मतसहित पछ्याइरहेका छन्।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार सुजेन्द्र गोलेले ४० मत प्राप्त गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार उद्धव श्रेष्ठले ३४ मत पाएका छन्।

त्यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराईले १२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार टीकाराम लिम्बुले ८ मत पाएका छन्।

यस क्षेत्रमा कुल ८७ हजार ५७६ मत खसेको थियो, जुन कुल मतदाताको ५८.२३ प्रतिशत हो। मतगणना प्रक्रिया जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

प्रतिक्रिया