दिउँसो ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान


काठमाडौं– प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत बिहीबार दिउँसो करिब ४ बजेसम्म देशभर ४५ प्रतिशत मतदान भएको छ।

प्राप्त अद्यावधिक तथ्याङ्कअनुसार हालसम्म देशभरका कुल १ करोड ८९ लाख ३ हजार ६ सय ८९ मतदातामध्ये ८४ लाख ६० हजार ६ सय ७७ जनाले आफ्नो मताधिकार प्रयोग गरिसकेका छन्।

मतदानको विवरणअनुसार काठमाडौँ उपत्यकामा मतदाताको उत्साह सबैभन्दा बढी देखिएको छ। उपत्यकाका १५ निर्वाचन क्षेत्रमा दिउँसो पौने ४ बजेसम्म करिब ५४ प्रतिशत मत खसेको छ।

प्रदेशगत रूपमा गण्डकी र कर्णाली प्रदेशमा सबैभन्दा बढी मतदान भएको देखिएको छ। यी दुवै प्रदेशमा समान ४८ प्रतिशत मतदान भएको छ।

त्यसैगरी बागमती र लुम्बिनी प्रदेशमा समान ४७ प्रतिशत मत खसेको छ भने कोशी प्रदेशमा ४६ प्रतिशत मतदान भएको छ। सुदूरपश्चिम प्रदेशमा ३९ प्रतिशत मत खसेको छ।

उता मधेस प्रदेशमा भने मतदानको प्रतिशत सबैभन्दा कम देखिएको छ। मधेसका ३२ निर्वाचन क्षेत्रमा हालसम्म करिब ३७ प्रतिशत मात्र मतदान भएको तथ्याङ्कले देखाएको छ।

देशभरका १ सय ६५ निर्वाचन क्षेत्रका १० हजार ९ सय ६७ मतदानस्थलमा बिहानैदेखि मतदान जारी रहेको छ। साँझ ५ बजेसम्म मतदान प्रक्रिया चल्ने भएकाले अन्तिम समयसम्म मतदाताको सहभागिता अझ बढ्ने अनुमान गरिएको छ।

प्रतिक्रिया