
मतदानपछि सर्लाही पुगे गगन थापा
सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापा सर्लाही पुगेका छन् ।
बिहीबार बिहान काठमाडौं–४ स्थित मैतीदेवीमा आफ्नो मत खसालेपछि थापा सर्लाही पुगेका हुन् । मतदान सकेलगत्तै उनी चुनावी क्षेत्र सर्लाही–४ पुगेका हुन्।
सर्लाही पुगेपछि थापाले बरहथवा नगरपालिका–२ मा रहेको मतदान केन्द्रको निरीक्षण गरेका छन् । उनले मतदान प्रक्रिया र सुरक्षाको अवस्थाबारे जानकारी समेत लिएका छन् ।
सभापति थापा प्रतिनिधिसभा सदस्यका लागि सर्लाही–४ बाट उम्मेदवार रहेका छन् । निर्वाचनको दिन उनले मतदान केन्द्रको अवस्था बुझ्न स्थलगत अनुगमन गरेका हुन् ।



कागजपत्र |
