प्रधानमन्त्री कार्कीले बोलाइन् राष्ट्रिय सुरक्षा परिषद्को बैठक


काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्रिय सुरक्षा परिषद्को बैठक आह्वान गरेकी छिन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा बैठक बस्ने गरी बोलाइएको हो।

आसन्न निर्वाचनको तयारी तथा समग्र सुरक्षा व्यवस्थाबारे छलफल गर्न बैठक बोलाइएको सचिवालयले जनाएको छ। बैठकमा निर्वाचनको समयमा अपनाइने सुरक्षा रणनीति, सुरक्षानिकायको तयारी र सम्भावित चुनौतीबारे विस्तृत छलफल हुने बताइएको छ।

राष्ट्रिय सुरक्षा परिषद् मा प्रधानमन्त्री अध्यक्ष रहने व्यवस्था छ। परिषद्का सदस्यहरूमा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचिव तथा प्रधानसेनापति रहने प्रावधान छ।

प्रतिक्रिया