काभ्रेमा भोलीदेखि २२ गतेसम्म टिपर सञ्चालनमा रोक


काभ्रे — जिल्ला सुरक्षा समिति काभ्रेले यही फागुन १८ गतेदेखि २२ गतेसम्म ट्रक/टिपर सञ्चालनमा समेत रोक लगाएको छ । समितिले निर्वाचन सुरक्षालाई मध्यनजर गर्दै जिल्लाभर नदीजन्य तथा खानीजन्य पदार्थ ढुवानी गर्ने ट्रक र टिपर सञ्चालनमा रोक लगाउने जिल्ला प्रशासन कार्यालय काभ्रेले निर्णय गरेको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले एक सूचना जारी गर्दै, आसन्न निर्वाचनका क्रममा सुरक्षा संवेदनशीलता बढ्न सक्ने भएकाले इँटा, गिट्टी, बालुवा लगायतका नदीजन्य तथा खानीजन्य सामग्री बोकेर सञ्चालन हुने ट्रक/टिपरलाई तोकिएको अवधिभर सञ्चालन नगर्न निर्देशन दिइएको जानकारी गराएको छ ।

उक्त निर्णयअनुसार फागुन १८ देखि २२ गतेसम्म जिल्लाभर ढुवानीमा रोक लाग्नेछ। प्रशासनले सम्बन्धित निर्माण व्यवसायी, ढुवानी व्यवसायी तथा सरोकारवालालाई यसबारे जानकारी गराउँदै निर्णय कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेको छ।

निर्वाचन आयोगले फागुन २० गते राति १२ः०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया