
वायु सेवा निगमका वरिष्ठ पाइलट कुशवाह ग्राउण्डेड
काठमाडौं- दुबईबाट काठमाडौं फर्कंदै गरेकाे विमानमा अवैध सुन तस्करीको घटनापछि नेपाल वायु सेवा निगमले आफ्ना एक वरिष्ठ पाइलट राजेश कुशवाहलाई निलम्बन गरेको छ। करिब दुई दशकदेखि निगममा कार्यरत कुशवाहलाई बुधबार छानबिनका लागि ग्राउण्डेड गरिएको हो।
सम्बन्धित घटना करिब एक साताअघि भएको थियो। कुशवाहले ड्यूटी पूरा गरेर फर्कँदै गर्दा झण्डै १८ तोला सुन आफ्नो ब्यागमा राखेर ल्याएको भेटिएको थियो। भन्सारले सुनको खोज–जाँच गर्दा करिब तीन घण्टा अवरोध सिर्जना भएको थियो।
तर, यस गम्भीर घटनापछि पनि कुशवाहलाई तत्काल छानबिन नगरी नियमित उडानमा लगाइएको समाचार सार्वजनिक भएको थियो। घट्ना अझै बढ्दो गम्भीरतामा पुगेपछि पर्यटन मन्त्रालयले अनुसन्धानको निर्देशन दिएको थियो।



कागजपत्र |
