बन्धक बनाई कुटपीट गरी घाइते बनाउने ३ जना पक्राउ


काठमाडौं – प्रहरीले काठमाडौं महानगरपालिका–१२ टेकुस्थित रोडलाइन प्यालेसबाट एक व्यक्तिको उद्दार गरेको छ।

शिवबहादुर घर्तीले सञ्चालन गरिरहेको उक्त होटलको कोठा नं. १०५ मा पूर्णबहादुर बोहोरालाई बन्धक बनाई कुटपीट गरि घाइते बनाएको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बोहोरालाई सकुशल उद्दार गरेको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए।

टोलीले अपहरण तथा शरीर बन्धक बनाउने कार्यमा संलग्न रहेका सुर्खेत विरेन्द्रनगर नगरपालिका– ५ का २६ वर्षीय फपेन्द्र न्यौपाने, जुम्ला तिला गाउँपालिका–८ का धनराज बस्नेत र कास्कीको माछापुच्छ्रे गाउँपालिकाका ४२ वर्षीय शिवबहादुर घर्तीलाई पक्राउ गरि थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाएको छ।

साथै, पक्राउ परेकाहरुको साथबाट विभिन्न कम्पनीका मोबाइल तीन थान, रुद्राक्षको दाना १ थान र चेक १ थान बरामद गरिएको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए।

प्रतिक्रिया