
कुनै पनि बहानामा निर्वाचनको मिति सार्नु हुन्न : एमाले
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले प्रतिनिधिसभा निर्वाचनको मिति सार्ने षड्यन्त्र भइरहेकोमा आपत्ति जनाएको छ।
मंगलबार पार्टी मुख्यालय च्यासलमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रचार विभाग संयोजक मीनबहादुर शाही ले फागुन २१ गतेको निर्वाचन सर्न सक्ने हल्ला फिँजाइएको भन्दै सरकारसँग स्पष्टिकरण मागेका छन्।
उनले भने, “फागुन २१ गतेको निर्वाचन कुनै पनि बहानामा सार्ने जे हल्ला बजारमा पिटाइँदैछ, त्यसलाई हामी अस्वीकार गर्छौं। फागुन २१ गतेको निर्वाचन कुनै पनि हालतमा सर्नु हुँदैन।”
साथै पार्टीले मतदान गर्ने वातावरण निर्भीक र भयरहित बनाउन सरकारलाई सचेत गराएको छ। शाहीले मतदाताहरूले स्वतन्त्र र निर्भीक ढंगले मतदान गर्न पाउने अधिकारको सुनिश्चितता सरकारको जिम्मेवारी भएको पनि स्मरण गराए।



कागजपत्र |
