भीम रावल पुराना मतदातासँग सूर्य चिन्हबारे संवाद गर्दै


काठमाडौं– २०७९ को प्रतिनिधिसभा निर्वाचनमा आफ्नो गृहजिल्ला अछाममा उम्मेदवार बन्न वञ्चित भएका भीम रावल यसपटक नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट चुनावी मैदानमा छन्। अघिल्लो निर्वाचनमा नेकपा एमालेले उनलाई टिकट दिएको थियो।

तर केही समयपछि एमालेले रावललाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको थियो। जेनजी आन्दोलनपछि उनी नेकपामा प्रवेश गरेका थिए।

अहिले रावल अछाम–१ बाट प्रतिनिधिसभा उम्मेदवार भए पनि यसपटक उनीसँग ‘सूर्य’ चुनाव चिन्ह छैन। अछाममा भोट माग्दा उनका पुराना मतदाताहरू सूर्य चिन्ह र एमालेबारे प्रश्न गरिरहेका छन्।

भीम रावलले बिहीबार फेसबुकमार्फत यस्तो दृश्य सार्वजनिक गर्दै एक वृद्ध मतदाताले उनलाई सूर्य चिन्हको बारेमा प्रश्न गरेकाे बताएका थिए। रावलले जवाफमा भने, “सूर्यमा त ग्रहण लाग्यो के गर्नु। बनाउने त हामी हौँ, मैले नेतृत्व गरेको।”

त्यसपछि उनले एमाले अध्यक्ष केपी शर्मा ओलीप्रति आफ्नो रोष प्रकट गर्दै भने, “अहिले केपी ओलीले काम नलाग्ने खरानी बनाए। अर्को २५ पार्टी मिलेर आएका छौँ।” रावलले मतदातालाई आफूलाई ‘तारामै भोट हाल्न’ आग्रह गरेका छन्।

प्रतिक्रिया