रामेछाप बस दुर्घटना : मृतकको संख्या ६ पुग्यो, उद्धार कार्य जारी


रामेछाप– रामेछापस्थित तामाकोशी नदीमा यात्रुबाहक बस खस्दा ६ जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा २ जना पुरुष र ४ जना महिलाको ज्यान गएको प्रहरीले जनाएको छ।

मंगलबार बिहान काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुबाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेको हो।

उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीका अनुसार दुर्घटनालगत्तै घटनास्थलमै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ। अहिले पनि उद्धार कार्य निरन्तर जारी रहेको जनाइएको छ।

दुर्घटनास्थलमा सशस्त्र प्रहरी बल (एपीएफ) गुल्म रामेछाप तथा विपद् व्यवस्थापन बेस खुर्कोटबाट आएको गोताखोरसहितको सुरक्षा फौज, नेपाल प्रहरीको संयुक्त टोली उद्धार कार्यमा खटिएको छ।

दुर्घटनामा परेका १० जनाभन्दा बढी यात्रुलाई उपचारका लागि अस्पताल पठाइएको जानकारी प्राप्त भएको छ। थप विवरण आउन बाँकी छ।

प्रतिक्रिया