९ हजार ५ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं – साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन तोलामा ९ हजार ५ सय रुपैयाँले बढेको हो।

शुक्रबार २ लाख ९१ हजार रुपैयाँमा कारोवार भएको सुन आज ३ लाख ५ सय रुपैयाँमा कारोवार भैइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य पनि तोलामा ३०० रुपैयाँले बढेर प्रतितोला ५ हजार १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार चाँदी ४ हजार ७१० रुपैयाँमा कारोबार भएको थियो।

प्रतिक्रिया