
रास्वपाका नेता डा. कुँवरले छाडे पार्टी, लगाए यस्तो आरोप
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. श्री कुँवरले पार्टी छाड्ने घोषणा गरेका छन्। बिहीबार जारी विज्ञप्तिमा उनले पार्टीको प्राइमरी इलेक्शन प्रक्रिया र भ्रष्टाचारप्रति प्रश्न उठाउँदै यो कदम चालेका हुन्।
कुँवरले पार्टीको राष्ट्रियताप्रति दृष्टिकोण स्पष्ट नभएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीले विज्ञप्ति जारी गरेर पार्टीले समानुपातिक सूचीमा नाम राख्न ५० हजार र प्रत्यक्ष उम्मेदवारका लागि २५ हजार रुपैयाँ शुल्क उठाउँदै नयाँ शैलीको भ्रष्टाचारको शुरुवात गरेको आरोप लगाइएका छन्।
कुँवरका अनुसार पार्टीले प्राइमरी इलेक्शन गर्ने भन्दै उम्मेदवारबाट शुल्क उठाए पनि वास्तविक प्राइमरी प्रक्रिया नगरी उम्मेदवार चयन गरेको छ। रुपन्देही–१ बाट कुँवरसहित ६ जना सिफारिस भएका थिए, तर पार्टीले प्राइमरी नगरी सो क्षेत्रमा सुनिल लम्साललाई उम्मेदवार बनाएको थियो। लम्साल रास्वपा वरिष्ठ नेता बालेन शाह काठमाडौंको मेयर हुँदा सल्लाहकारको भूमिकामा कार्यरत व्यक्ति हुन्।
यसअघि २०७९ को निर्वाचनमा काठमाडौं–५ बाट उम्मेदवार बनेका प्रणयशमशेर राणाले पनि पार्टीले प्राइमरी इलेक्शनको नाममा उठाएको २५ हजार रुपैयाँ फिर्ता नगरे ठगी हुने बताएका थिए। डा. कुँवरले पार्टीको विधानमा प्राइमरी इलेक्शनको स्पष्ट प्रावधान रहेको तर यसपटक शुल्क उठाएर पनि प्रक्रिया नगरी उम्मेदवार चयन गरेको भन्दै रकम फिर्ता हुनुपर्ने माग गरेका छन्।



कागजपत्र |
