आन्तरिक विवाद थाती राखेर चुनावमा केन्द्रित हुनुपर्छ: रमेश लेखक


कञ्चनपुर- नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री रमेश लेखकले उम्मेदवार परिवर्तनलाई अस्वभाविक रूपमा नलिन पार्टीका नेता–कार्यकर्तालाई आग्रह गरेका छन्।

सोमबार नेपाली कांग्रेस कञ्चनपुरले दोधारा–चाँदनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता लेखकले उम्मेदवार फेरिनु पार्टीभित्रको सामान्य प्रक्रिया भएको उल्लेख गरे।

२०५६ सालदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–३ बाट निरन्तर निर्वाचन लड्दै आएका लेखकले यसपटक टिकट नपाएपछि उनको निर्वाचन क्षेत्रलाई विशेष चासोका साथ हेरिएको छ। सो सन्दर्भमा उनले भने, “यहाँ धेरै नेता–कार्यकर्ता तथा शुभचिन्तकहरूले यसपटक चुनाव किन नलड्नुभएको भनेर जिज्ञासा राख्नुहुन्छ।”

उम्मेदवार परिवर्तन भए पनि पार्टी उही रहेको उल्लेख गर्दै उनले भने, “उम्मेदवार फेरिए पनि कांग्रेस उही हो, चारतारे झण्डा उही हो।” २०५६ सालयताका विभिन्न निर्वाचनमा आफू यही क्षेत्रबाट पटक–पटक उम्मेदवार बनेको स्मरण गराउँदै यसपटक उम्मेदवार फेरिनु अस्वभाविक नभएको उनको भनाइ थियो।

पार्टीभित्र देखिएका केही अन्तरसंघर्षप्रति संकेत गर्दै लेखकले अहिलेको मुख्य चुनौती अन्य दलसँगको निर्वाचन प्रतिस्पर्धा भएको बताए। “अहिले पार्टीभित्र केही समस्या र अन्तरसंघर्ष होलान्, तर यो बेला हाम्रो प्राथमिकता निर्वाचन हो,” उनले भने, “पार्टीभित्रका विवादलाई वैधानिक र राजनीतिक प्रक्रियामार्फत समाधान गरौँ, चुनावमा भने एकताबद्ध भएर लागौँ।”

कांग्रेसलाई जिताउन सबै नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिँदै उनले व्यक्तिगत असन्तुष्टिभन्दा पार्टीको हितलाई प्राथमिकता दिन आग्रह गरे।

जेन–जी आन्दोलनपछि पहिलोपटक गृह जिल्ला पुगेका नेता लेखकले पछिल्ला दिनहरूमा चुनावी भेटघाटलाई तीव्रता दिएका छन्। उनी कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्दै चुनावी रणनीतिबारे छलफलमा व्यस्त छन्।

२०७९ सालको निर्वाचनमा यही क्षेत्रबाट विजयी हुँदै गृहमन्त्री बनेका लेखक यसपटक भने उम्मेदवार छैनन्। नेपाली कांग्रेसले कञ्चनपुर क्षेत्र नम्बर–३ बाट पूर्व जिल्ला पार्टी सभापति हरिप्रसाद बोहरालाई उम्मेदवार

प्रतिक्रिया